काठमाडौं । चिखुर्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यस आइपीओमा आरबीबी मचेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गर्नेछ ।