कलाकारको चर्तिकलाले प्रतिष्ठानका अध्यक्ष रमेश  रातभरि निदाउन सकेनन्

काठमाडौं - पछिल्लो समय लोकदोहोरी र कलाकारहरुमा आएको केही विकृतिका कारण कलाकारिता नै आलोचनाको विषय बनिरहेको अवस्थामा सरोकारवालाहरुले पनि चिन्ता व्यक्त गरेका छन् । 

लोक दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पनि अबेर राती यस्तै संकेत गरेका छन् । कलाकारहरूको असलील भिडियो सार्वजनिक भएपछि अहिले निकै आलोचना भैरहेको छ । उनको फेसबुकमा समेत धेरैले यही कुरालाई सङ्केत गरेका छन् । 

उनले लेखेका छन् "कलाकार भएर बाँच्न नसके पछि ... बाँच्नका लागि कलाकार भएका केहि साथिहरुको चर्तिकला हेरेर पटक्कै निद्रा लाग्दैन त !! 

लाजको पसारो !

कलाकार भएर बाँच्न नसके पछि ... बाँच्नका लागि कलाकार भएका केहि साथिहरुको चर्तिकला हेरेर पटक्कै निद्रा लाग्दैन त !! लाजको पसारो !

Posted by Ramesh Bg on Monday, January 10, 2022

 

प्रतिक्रिया