ढकालले सार्वजनिक गरे समीक्षा प्रतिवेदन

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानमहामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। ढकालले उक्त प्रतिवेदन आफ्नो ह्वाट्सएप ग्रुपबाट सार्वजनिक गरेका हुन्।

प्रतिवेदनमा देशका विभिन्न ३२ जिल्लामा पुगेर गरेको पार्टीको अवस्था सम्बन्धी समीक्षा समावेश छ र यो ३२ पृष्ठको छ।

तर, प्रतिवेदन पार्टीभित्र छलफल नगरी सार्वजनिक गरेको भन्दै रास्वपाभित्र ढकालको आलोचना भएको छ। बुधबारको केन्द्रीय समिति बैठकले उनको गतिविधि विधिसम्मत नभएको भन्दै कारबाही गर्ने निर्णय गरेको छ।

प्रतिवेदनमाथि छलफल नगरी सार्वजनिक गरेपछि ढकालको आलोचना मात्र भएको छैन, उनको पद पनि धरापमा परेको छ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि धारणा राखेका थिए। तर, ढकालले उक्त धारणा बारे कुनै प्रतिक्रिया नदिइ बैठकस्थलबाट बाहिरिएका थिए। 

पूर्ण प्रतिवेदन अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस -

प्रतिक्रिया