के नविल बैंकले ३८ प्रतिशत लाभांस घोषणा गरेको हो ?

काठमाडौं - नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले ३३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको स्रोतले जानकारी दिएको छ ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये नबिलले आकर्षक लाभांश दिँदै आएको छ । सोही अनुसार बैंकले यस वर्ष पनि यसलाई निरन्तरता दिएको देखिन्छ । बैंकले आर्थिक वर्षमा २०७७-७८ को नाफाबाट सेयरधनीलाई कति लाभांश दिन्छ भन्ने धेरैको चासोको विषय बनेको थियो । गत आर्थिक वर्षमा बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

प्रतिक्रिया