लगातार ६ दिन पछि नेप्सेमा सुधार,एक दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट

काठमाडौं - लगातारको गिरावटले पछि नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.१२ प्रतिशत, फाइनान्स समूहको १.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७० प्रतिशतले सेयर मूल्य बढेको हो ।

आज ९ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने सोनापुर मिनिरलको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया