एलपी ग्यास उद्योग संघको अध्यक्षमा मल्ली


काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली चयन भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार सम्पन्न अधिवेशनबाट मल्ली निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन । मल्ली यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए ।


वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ, उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास, महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया चयन भएका छन् । संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।
 

प्रतिक्रिया