प्रभु बैंकलाई नेप्सेको स्पष्टिकरण पत्र, शेयर कारोबार रोक्का

काठमाडौं– प्रभु बैंकले मूल्यसँग सम्बन्धित सूचना चुहाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा मूल्यमा प्रभाव पारेको भन्दै कारोबार रोक्का गरेको हो ।


नेप्सेले बैंकलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुसार सात दिने स्पष्टिकरण समेत सोधेको छ । नेप्सेले उक्त व्यवस्था अनुसार के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरेको हो त्यस सम्बन्धमा ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।
 

प्रतिक्रिया