• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • अर्थतन्त्र ,
  • उद्योग/ कर्पोरेट

कान्तिपुर मिडिया पब्लिक कम्पनी बन्यो, आईपीओ कहिले ?


काठमाडौं– नेपालको अग्रणी सञ्चार गृह कान्तिपुर पव्लिकेशन पब्लिक कम्पनी हुने भएको छ । कान्तिपुर दैनिक, दी काठमाडौ पोष्ट लगायतका सञ्चार माध्यम सञ्चालन गरेको कान्तिपुर निजीबाट पव्लिक कम्पनीमा जान लागेको हो । कैलाश सिरोहियाको लगानी रहेको कान्तिपुर मिडिया ग्रुप प्राइभेटबाट पव्लिक कम्पनी बनेको छ ।


कान्तिपुरले पव्लिक कम्पनी भएको औपचारिक रुपमा सार्वजनिक नगरे पनि कानुनी प्रक्रियामा पव्लिक कम्पनी बनेर आन्तरिक रुपमा कर्मचारीलाई समेत यो जानकारी गराइसकेको छ । निजी कम्पनीलाई पव्लिक कम्पनी बनाएकाले सर्वसाधारणका लागि पनि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको स्रोतको दाबी छ । 


कान्तिपुरले धितोपत्र सम्बन्धी कानुन बमोजिम धितोपत्र बोर्ड समक्ष निवेदन दिएर कम्पनीको विवरणपत्र सार्वजनिक गर्दै आईपीओ निष्कासन गर्न सक्छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार गर्नका लागि पनि पव्लिक कम्पनीमा लगेको अनुमान गरिएको छ । 


 

प्रतिक्रिया