भिजिट भिषा प्रकरणले प्रतिनिधिसभा बैठक अनिश्चित

प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालन गर्न आयोजित सत्तारूढ नेपाली कांग्रेस र विपक्षी दलहरूको बैठक सोमबार निष्कर्षविहीन रूपमा टुंगिएको छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा बसेको उक्त बैठकमा नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सहभागी थिए।

भिजिट भिसा प्रक्रियामा देखिएको अनियमितता सम्बन्धी छानबिन गर्नुपर्ने विपक्षीको मागप्रति कांग्रेस सहमत नभएपछि छलफल निष्कर्षमा नपुगी टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। परियारका अनुसार कांग्रेसले छानबिन समिति गठनको प्रस्तावमा समर्थन नगरेपछि बैठक निष्कर्षविहीन भयो।

यसअघि आइतबार पनि प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलले अवरोध गरेपछि बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय