आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो। निगमका अनुसार संशोधित मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरअनुसार पेट्रोलमा १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ २ पैसा वृद्धि भएर आएको थियो। तर उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले निगमले पूर्ण वृद्धि नगरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ मात्रै बढाएको जनाएको छ।

प्रतिक्रिया