"बाटो सानो छ" गीतबाट प्रेमी छुटेको भाव पोख्दै सुशीला र रुपेश

काठमाडौँ । पुस महिनाको चिसोले जनजीवन प्रभावित भइरहेका बेला सांगीतिक माहोल भने निकै तातिएको छ। विशेषगरी लोकदोहोरी गीतहरू भटाभट सार्वजनिक भइरहेका छन् र ती गीतहरूले दर्शक–श्रोताबाट राम्रो लोकप्रियता पनि पाइरहेका छन्।

यसैबीच बहुप्रतिभाशाली सर्जक तथा गायक रुपेश न्यौपानेको उत्कृष्ट लय र शब्द सिर्जनामा तयार भएको नयाँ गीत ‘बाटो सानो छ’ भर्खरै सार्वजनिक भएको छ। गीतका भावपूर्ण शब्दले सांगीतिक क्षेत्रमा राम्रो चर्चा बटुलिरहेको छ। विछोडका विषयमा रुपेशले सधैंझैं यस गीतमा पनि सशक्त कलम चलाएका छन्। गीतमा लोकप्रिय गायिका सुशीला गौतमको सुमधुर आवाजले गीतलाई अझ जीवन्त बनाएको छ भने उनलाई आवाजमा रुपेशले साथ दिएका छन्। रुपेशले दोहोरी क्षेत्रमा युनिक आवाज भएका गायकको रूपमा आफ्नो परिचय बनाउँदै आएका छन्।

गीतको अडियो जत्तिकै भिडियो पक्षमा पनि विशेष मेहनत गरिएको छ। म्युजिक भिडियोमा चर्चित मोडल आशिर प्रताप जंगको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने उनलाई सागर र यसु भट्टले साथ दिएका छन्। गीतको म्युजिक भिडियो निर्देशन सागर ज्ञवालीले गरेका छन्।

 

प्रतिक्रिया