गभर्नर पौडेलको सम्पत्ति विवरण सार्वजनिक, करोडौँको सेयर र बहुमूल्य घरजग्गा

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। २०८२ जेठ ६ गते गभर्नर पदमा नियुक्त भएका पौडेलले हाइड्रोपावर तथा बैंकको सेयरमा उल्लेख्य लगानी रहेको, साथै घर-जग्गा, सुन, हिरा र बैंक खातामा लाखौँ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेका हुन्।

उनको ललितपुरको भैंसेपाटीस्थित सैंबुमा पाँच आना दुई दाम क्षेत्रफलमा बनेको २७९५ वर्गफिटको घर र नवलपरासीको गैंडाकोटामा दुई कित्ता जग्गा र २५०० वर्गफिटको घर रहेको उल्लेख छ। यी सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा छन्। ललितपुरको सम्पत्ति १ करोड ५५ लाख रुपैयाँ र गैंडाकोटाको ६० लाख रुपैयाँ मूल्यमा खरिद गरिएको हो।

पौडेलसँग ४५ तोला सुन र १५ लाख रुपैयाँ मूल्यको हिराका गहना छन्। उनी र उनकी श्रीमतीको नाममा रहेको बैंक खातामा विभिन्न बैंकमा नगद मौज्दातसमेत उल्लेख गरिएको छ। उनले सानिमा ग्रुप अन्तर्गतका बैंक र हाइड्रोपावर कम्पनीहरूमा संस्थापक सेयरको रूपमा ठूलो लगानी गरेका छन्।

सम्पत्ति प्रकार विवरण
घर-जग्गा
ललितपुर सैंबु – ५ आना २ दाम जग्गा र २७९५ वर्गफिट घर (१.५५ करोड)
गैंडाकोट, नवलपरासी – ५.५ कठ्ठा जग्गा र २५०० वर्गफिट घर (६० लाख)
सुन ४५ तोला
हिरा १५ लाख रुपैयाँ मूल्यको
सवारी साधन सुजुकी कार (मूल्य रु. ४४ लाख, खरिद मिति – २०७७ भदौ)

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय