रेलै सलललाइ ८ दिनमा २० लाख दर्शक

काठमाण्डौं - पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र निकै सुस्त देखिएको छ । केही मात्र सार्वजनिक भएका गीतहरूले पनि त्यति चर्चा पाउन सकिरहेका थिएनन् । 

यसै बीच भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत रेलै सललले ८ दिनमा २० लाख दर्शक बनाउन सफल भएको छ । लाइभ दोहोरीमा चर्चित भइसकेको रेलै सलल गीतले सामाजिक सञ्जालमा निकै चर्चा कमाई रहेको छ । 

सो गीतका शब्द संकलन बालकुमार श्रेष्ठले गरेका हुन् भने रामेश्वर ढकालले संगीत संकलन गरेका छन् । माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबी कार्की, श्याम राना र स्वयं श्रेष्ठले स्वर दिएको गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । 

गीतमा रवि कार्कीको दोहोरो भूमिका रहेको छ भने गीतको म्युजिक भिडियो विष्णु शर्माको निर्देशन रहेको सो गीत इनेपाल रोधिघरले बजार व्यवस्थापन गरेको हो ।

 

प्रतिक्रिया