भोटेकोशी बाढीमा मृतकको संख्या ३३२ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ।

नेपाल प्रहरीले बिहीबार दिउँसो ३ः५० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ३३२ जनाको शव फेला परेको पुष्टि भएको हो।

यसअघि दिउँसो २ः३० बजे प्रहरीले सार्वजनिक गरेको विवरणमा मृतकको संख्या २८९ रहेको थियो। खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएपछि नदी तटीय क्षेत्रबाट थप शवहरू फेला परेका हुन्। केही घण्टामै ठूलो संख्यामा शव फेला परेपछि मृतकको संख्या उल्लेख्य रूपमा बढेको छ।

फेला परेका शवहरूको पहिचान गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्र तथा तल्लो तटीय नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय