मंगलबार सेयर बजारमा उछाल, ९ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। सोमबार उच्च गिरावट आएको नेप्से परिसूचक मंगलबार ३४.४६ अंकले बढ्दै २७६०.१७ विन्दुमा पुगेको छ। यसले बजारमा १.२६ प्रतिशतको वृद्धि देखिएको जनाउँछ।

आज कारोबार रकम पनि वृद्धि भएको छ। ३१७ कम्पनीका २ करोड ३५ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ८ करोड ४५ लाख ३० हजार रुपैयाँ पुगेको छ। यसअघि सोमबार ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार कित्ता सेयर कारोबार हुँदा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँको कारोबार भएको थियो।

आज सबै उपसमूहका परिसूचकमा हरियाली देखिएको छ। फाइनान्स समूह १.९९ प्रतिशत, बैंकिङ १.८८ प्रतिशत, जलविद्युत १.७७ प्रतिशत, लगानी १.४० प्रतिशत, विकास बैंक १.३७ प्रतिशत, माइक्रोफाइनान्स १.३५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.१२ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया