एशियन हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन खुल्यो,सबैले आवेदन दिन पाउने

काठमाडौं - माघ महिना धेरै आइपीओ निष्कासन हुने महिना भएको छ । यस अघि ३ कम्पनीले आइपीओ निष्कासन गरिसकेका छन् भने आजदेखि नयाँ कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । 

यस्तै एशियन हाइड्रोपावर लिमिटेडले आज (माघ २७ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।  

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।

प्रतिक्रिया