४ दर्जन कम्पनी आइपीओ निष्कासन गर्ने लाइनमा

काठमाण्डौं- पछिल्लो समय प्राथमिक सेयर निष्कासनको क्रम चाहिँ केही रोकिएको छ। निष्कासनको पाइपलाइन धेरै कम्पनीहरु रहेका छन् ।

अहिले धितोपत्र बोर्ड अध्यक्ष विहिन बनेको छ त्यसैले आइपीओ अनुमतिको काम ठप्प जस्तै छ । आगामी दिनमा प्राथमिक शेयरमा धमाधम निष्कासन हुँदै छन् । अहिले पनि ५० हाराहारी कम्पनीहरु यसको पाइलाइनमा रहेका छन् । 

यसै बीच रंगुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ९ गते बुधबारका दिन साधारण सभा डाकेको हो ।

सभामा आईपीओ निष्कासन गर्ने तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रतिक्रिया