काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ। नेप्से सूचक ५.६० अंकले घटेर २,६२८.२६ विन्दुमा पुगेको छ। सूचक ०.२१ प्रतिशतले घटे पनि ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच भएको छ। यस क्रममा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बुधबार ८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै, २१ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। दिनभर ३१४ कम्पनीको कारोबार हुँदा ४९ हजार ४२१ पटक सेयर किनबेच भएको छ।
नेप्से घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको छ भने एक कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ।
१३ समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेको छ। फाइनान्स समूह १.०७ प्रतिशतले बढेर ३,१७६.७९ विन्दुमा पुगेको छ। यस्तै, लघुवित्त समूह ०.०९ प्रतिशतले बढेर ४,८७९.३४ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.५० प्रतिशतले बढेर ४,८०६.८० विन्दुमा पुगेको छ।
त्यस्तै, सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक ०.४२ प्रतिशतले घटेर ६,४५६.४२ विन्दुमा पुगेको छ। वाणिज्य बैंक समूह, विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह पनि घटेका छन्।
बुधबारको कारोबारले बजारमा मिश्रित प्रभाव पारेको छ। केही समूहमा सुधार देखिए पनि अधिकांश समूह घटेकाले लगानीकर्तामा सतर्कता बढेको छ।