राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौंं - नेपाल राष्ट्र बैंक कर्मचारी माग गरेको छ । बैंकले आज –भदौ १७ गते) एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३ जना कर्मचारी मागेको हो ।

बैंकले सहायक निर्देशक (प्रशासन सेवा) १८ जना, सहायक निर्देशक (प्राविधिक सु.प्र.) एकजना र सहायक (प्रशासन सेवा)का लागि २४ जना कर्मचारी मागेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले आज (भदौ १७ गते) देखि असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया