काठमाडौं - नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी नयाँ नीति कार्यान्वय गर्न सर्कुलर जारी गरेको छ ।
सेयर धितो कर्जा एउटै वा सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिने पाइने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको हो ।
मौद्रिक नीतिमा आएको व्यवस्था कार्यान्वयनका लागि बुधबार एकीकृत निर्देशन जारी गरिएको हो । मौद्रिक नीतिमै आएको प्रावधान अनुसारको व्यवस्था निर्देशनमा पनि गरिएको छ । यस व्यवस्थासँगै लगानीकर्ताले थोरै भए पनि राहत पाउने भएका छन् ।
यस अघि एउटा बैंकबाट बढीमा ४ करोड र समग्रमा १२ करोड सम्म शेयर धितो राखी ऋण लिन पाउने व्यवस्था थियो । जसका कारणले धेरै झन्झटिलो भएको भन्दै लगानीकर्ताहरुले यसको विरोध गर्दै आएका थिए ।