ठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बीमा शुल्क तथा विभिन्न भाषा परीक्षा (TOEFL, IELTS, SAT, GRE, GMAT, PTE, DUOLINGO) को शुल्क अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा आधा छुट पाउनेछन्। यो योजना आगामी २०२५ अगस्ट ३१ सम्म लागू हुनेछ।
सेवाग्राहीहरूले आवश्यक कागजात पूरा गरेपछि मात्र यो छुट प्राप्त गर्न सक्नेछन्। ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी प्रणालीमार्फत विदेशी शिक्षासम्बन्धी भुक्तानी सजिलो र सुलभ बनाउन यो कदम चालेको हो।
नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ प्राप्त गरेको छ। साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ।
देशभर ७७ जिल्लामा सेवा विस्तार गरिसकेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५५ शाखा, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, साथै ३ वटा विदेशी प्रतिनिधि कार्यालय छन्।