५ अंकले उकालो लाग्यो नेप्से, १५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार अन्तिम समयमा सुधारिँदै बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०१ अंकले वृद्धि भएर २९३६.५६ विन्दुमा पुगेको छ, जुन ०.१७ प्रतिशतको वृद्धि हो।

यस दिन कुल १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। कारोबारमा ३ करोड ८० लाखभन्दा बढी कित्ता शेयर हातबदल भएका छन्।

बजारमा सामान्य सुधार देखिए पनि अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ। कुल १०२ कम्पनीको मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

दिनभर ३४२ कम्पनीको शेयर कारोबारमा आएको बजारमा कारोबार संख्या उल्लेख्य देखिएको छ। समग्रमा बजार अन्तिम समयमा उकासिए पनि गिरावटमा रहेका कम्पनीको संख्या बढी देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय