लगानीकर्ताको खुसी एकदिन पनि टिकेन, नेप्सेमा ७० अङ्कको गिरावट

काठमाडौं - नयाँ सरकार परिवर्तनको राजनीतिक माहोलले सोमबार सर्किट लागेको नेप्से आज भने सही गतिमा घटेको छ।

अर्थमन्त्री परिवर्तन हुने खबरले एक्कासी उत्साहित बनेका लगानीकर्ताहरूको खुसी एक दिनभन्दा टिक्न सकेन । 

मङ्गलबार नेप्से परिसूचक ७० अङ्कले घटेर समग्र बजार २००७ विन्दुमा आएको छ । आज कारोबार भएका ३३ कम्पनीबाहेक अधिकांश कम्पनीहरूको सेयर मूल्य घटेको छ। 

नेप्से घटे पनि कारोबार रकम भने ४ अर्ब११ करोड माथि पुगेको छ। त्यस्तै आज तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

आज नेप्सेका सबै उपसूचकहरूमा रातो भएको छ भने सबैभन्दा धेरै दबाब बीमा समूहलाई परेको छ। त्यस्तै आज म्युचुअल फण्डको एकमात्र उपसुचकमा सामान्य वृद्धि देखिएको छ।

प्रतिक्रिया