काठमाडौंँ - साताको तेस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । साताको दोस्रो दिन झिनो सुधार आएको शेयर बजारमा आज भने दोहोरो अकंको सुधार आएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले पुषमा ब्याजदर स्थिर राख्ने, अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर गइरहेको, तरलतामा सहजता आइरहेको तथा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरी रहेको हुदाँ शेयर बजार सुधार तिर आंकलन गरीएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.२२ अकंले बढेर १८७३.११ बिन्दुमा बन्द भएको छ । मंगलबार पूँजी बजामरमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुदाँ ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ६ करोड ३८ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।साथै, सिभिल बैंकको ४ करोड ३ लाख ७० हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ८२ लाख ५९ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ३६ लाख ९२ हजार रुपैयाँ र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २ करोड ८२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।