काठमाण्डौ – शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले आगामी आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटललाई चयन गरेको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका सीईओ विजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रोका अध्यक्ष खगेश्वर बोहोराले हस्ताक्षर गरेका छन्।
कम्पनीले २५ करोड रुपैयाँ बराबरका २५ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरिरहेको छ।
शिव शंकर इन्भेष्टमेन्ट प्रा. लि. र जय गणेश इन्भेष्टमेन्ट प्रा. लि. गाभिएर स्थापना भएको यो कम्पनीले मुख्यतया जलविद्युत्, पूर्वाधार निर्माण, र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट), र भिजन इनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) जस्ता जलविद्युत् परियोजनाहरूमा लगानी गरिरहेको छ।