मङ्गलबार नेप्से - होटल एण्ड टुरिजम समूहमा आकर्षण, फाइनान्स समूहमा गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ। आज कुल ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ।

होटल एण्ड टुरिजम क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ, जसले गर्दा यो समूह ५८.८१ अंकले बढेको छ। 

तर, केही समयदेखि बढ्दो ट्रेनमा रहेको फाइनान्स समूह भने आज सबैभन्दा बढी घटेको छ, जसले ५४.२२ अंकको गिरावट भोग्यो। 

आज ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर कारोबार हुँदा, ३१९ वटा कम्पनीहरूको शेयर कारोबार भएको छ। १५१ वटा कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीहरूको शेयर मूल्य घटेको छ। ८ वटा कम्पनीहरूको शेयर मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय