चेक क्लियरिङ हुने समय दिउँसो ३ बजे सम्म

काठमाडौं । विहान दश बजे देखि दिँउसो १ बजे सम्म हुँदै आएको चेक क्लियरिङको समय थप गरिएको छ । 

वित्तीय क्षेत्रा डिजिटल भुक्तानी गर्ने क्रम अत्यधिक बढेपछि क्लियरिङ समय विहान ९ बजे देखि दिँउसो ३ बजे सम्म पुराईएको छ । क्लियरिङको काम गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड सयम थप गरिएको जानकारी दिएको छ । 
 
नयाँ व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म आइपीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । यसअघि १० बजेदेखि दिउँसो १ बजेसम्ममात्र यो सेवा सञ्चालन हुँदै आएको थियो । ३ घण्टा मात्र सञ्चालन हुँदै आएको सेवालाई दैनिक ६ घण्टा पुर्याएको क्लियरिङ हाउसले जनाएको छ ।
 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय