जीवन विकास लद्युवित्तको ११ कित्ता शेयर परेपछि केक काटेर खुसीयाली

काठमाण्डौ - नेपालमा प्राथमिक शेयरको कति महत्व छ भन्ने कुरा पछिल्लो समय विभिन्न शेयरहरुमा परेको आवेदनबाट पनि प्रष्ट हुन्छ । 

२० लाख भन्दा धेरैले आवेदन दिएका पछिल्ला केहि कम्पनीको शेयरको माग हेर्दा नेपालमा लगानीको अवसर खोजेका धेरै लगानीकताहरु रहेको प्रष्ट हुन्छ । केहि दिन पहिला जीवन विकास लद्युवित्तको शेयर बाँडफाड भयो । कम्पनीको शेयर केहि लाखले १० कित्ताका दरले शेयर पाए भने केहि भाग्यमानी लगानीकर्ताहरुले ११ कित्ता शेयर समेत पाए । त्यसरी ११ कित्ता शेयर पाउने भाग्यमानी केवल ५ जना मात्र थिए । 

ती मध्य एक जनाले केकनै काटेर खुसीयाली मनाएको कुरा अहिले समाजिक सञ्जालमा निकै चर्चित बनिरहेको छ । 

जीवन विकास लघुवित्त आधारभूत अवस्था राम्रो भएको कम्पनी हो। यसअघि महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको थियो। जीवन विकास लघुवित्तको आइपीओबाट समेत महिला लघुवित्तको जस्तै राम्रो फाइदा लिन सकिले विश्वास लगानीकर्तामा छ। जसले गर्दा उक्त लघुवित्तको शेयर पर्दा केक काटेरै खुशियाली मनाएका छन्।

यसरी खुसीयाली मनाउने ब्यक्त को हुन भनेर कतै खुलाइएको छैन तर केकमा भने सो कुरा उल्लेख गरिएको छ । 

प्रतिक्रिया