रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाण्डौ । आफ्नो फरक आवाजका कारण नेपाली लोकदोहोरीमा निकै चर्चामा आएका गायक तथा सर्जक भागिरथ चलाउनेको नयाँ गीत सेती बगाँउछेउले धेरै दर्शकको मन जित्न सफल भएको छ ।
दमदार शब्द उत्कृष्ट लय सिर्जना रहेको उनको गीतमा माया प्रेममा विछोड हुन लागेका मायालु जोडीको कथालाई अडियो र भिडियो मार्फत निकै उत्कृष्ट रुपले प्रस्तुत गरिएको छ ।
गीतलाई लभ लाईट डिसीले लय तथा शब्द सिर्जना गरेका हुन भने आवाजमा भागिरथलाई समिक्षा अधिकारीले साथ दिएकी छन । गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन । साथै सारिका केसी र लोकेन्द्र चलाउनेले अभिनय गरेका छन ।