फेरिए नेकपा एसका मन्त्री

काठमाडौं - लामो विवादपछि नेकपा समाजवादीका तर्फबाट मन्रात्री बनेका ठाउँमा नयाँ मन्त्री चयन भएका छन् 

आज राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेका गर्नु भएको हो ।  नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन्।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ कोफ उपधारा १ बमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालय विज्ञप्तिमार्फत् जनाएको छ।

नयाँ सूचीअनुसार एकीकृत समाजवादीका तर्फबाट सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी प्रसाद खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको हो।

प्रतिक्रिया