पियोर इनर्जीको आईपीओ बाँडफाँट, १.१९ लाख आवेदकले पाए १० कित्ता

बैशाख ११ गते, बिहीबार पियोर इनर्जी डेभलपमेन्टको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि चैत २८ गतेदेखि बैशाख २ गतेसम्म निष्काशन गरेको थियो। यस आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ लगानीकर्ताबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ताको लागि आवेदन परेको थियो।

जम्मा १८ लाख ४६ हजार ६६४ वटा आवेदन स्वीकृत भएका छन् भने ६ हजार ४२६ आवेदन रद्द गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

माग अत्यधिक भएकाले बाँडफाँट गोलाप्रथाबाट गरिएको हो। त्यसअनुसार, १ लाख १९ हजार ५२० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

प्रतिक्रिया