काठमाण्डौ । नेपालीहरुको महान पर्व तीज आउन तीन महिना बाँकी छदैगर्दा तीज गीत भने सार्वजनिक हुन थालेका छन ।
नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीको लय सिर्जना रहेको सो गीत असारमै सार्वजनिक भएकोमा भने धेरैले आलोचना गरेका छन । गीतमा खेम सेञ्चुरी,जानुका तामाङ,विमल राज क्षेत्री,खुम अधिकारी र राधिका हमालको आवाज रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै दमदार रहेको छ ।
गीतमा प्रकाश भट्टको उत्कृष्ट निर्देशन रहेको छ भने गीत गाउने कलाकारहरुलेनै गीतमा अभिनय गरेका छन ।