काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना समेत अन्तिम चरणमा पुगिरहेको बेला उनको जीत निश्चित भएको छ ।
दिउँसो ४ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार १७५३६७ मत गनिसक्दा बालेनले ५६७३४ मत पाएका छन् ।
एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले ३५२५७ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले ३५८६३ मत ल्याएकी छन् ।
बालेन शाह सिर्जना भन्दा २०८७१ धेरै मतले अघि रहेका छन् ।