शिशिर पौडेलको दमदार अभिनय रहेको नयाँ गीत चर्चामा

काठमाडौं । लोकप्रिय मोडल शिशिर पौडेलको अभिनय रहेको दमदार नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको छोटो समयमै दर्शकहरुको माया निकै पाएको छ । 

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि गीतसंगीतको प्रवर्द्धन र विकासमा लागि अग्रणी भूमिका खेल्दै आएको बिन्दाबासिनी म्युजिक प्राली मार्फत लोकप्रिय गायक कुसल बेलबासेको आवाज रहेको नयाँ गीत आँसुको पसल सार्वजनिक भएको हो । 

आफ्नो सुमधुर आवाज मार्फत कुसल गायकको छवि बनाउन सफल गायक कुशलको शब्द तथा आवाज रहेको संगीतलाई अनुभवी कलाकारहरूको टिमले निकै उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेको छन् । 

गीतले माया प्रेममा विछोड भएका जोडीहरूको कथालाई विषयवस्तु बनाएको छ । गीतको शब्द सिर्जना गायक कुशल आफैंले गरेका हुन् भने लय सिर्जना ऋषि खड्काले गरेका छन्, त्यस्तै गीतको थेगो भने हरि क्षेत्रीले बनाएका हुन् । 


चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा शिशिर पौडेल र सारिका केसीको दमदार अभिनय रहेको छ ।  

गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आएको पौडेलले हामीलाई जानकारी दिनु भयो । 

 

प्रतिक्रिया