तीव्र उतारचढाब बिच नेप्सेमा झिनो अंकको गिरावट ,कारोबार रकम ५ अर्ब नजिक

काठमाडौं - कारोबार अवधिभर तीव्र उतार-चढाव रहेको शेयर बजार बन्द हुने समयमा झिनो अङ्कले घटेर बन्द भएको छ । 

आज नेप्से परिसूचक ९ अंकले घटेर समग्र बजार २१७३ बिन्दुमा आएको छ । नेप्से घटेपनि कारोबार रकम भने घटेको छैन आज ४ अर्ब ९२ करोड भन्दा धेरैको सेयर किनबेच भएको छ । 

सेयर बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्ने खोज्दा सेयर बजार ओरालो लागेको देखिन्छ । प्रचण्ड सरकार बने यता लगानीकर्ताको मनोभावना बुझ्ने अर्थमन्त्री पाएको भन्दैं उत्साहित बन्दैं आएका छन् । अघिल्लो कार्यकालमा स्वागत योग्य काम गरेको विष्णु पौडेललाई अर्थमन्त्रीको रुपमा पाउँदा लगानीकर्तामा उत्साह छाएको हो । अर्थतन्त्रका सबै सूचक सुधार तिर लम्कि रहेको हुदाँ सेयर बजारमा पनि सुधार आउने आंकलन जानकारहरुको रहेको छ ।

बुधबार १० उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.४६ प्रतिशत, हाइड्रोपावर समूहको ०.८४ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

 

प्रतिक्रिया