छुट्नु होला पिपुल्स हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौंं - पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ९ करोड ६३ लाख १ हजार रुपैयाँ संकलन भएको छ ।

सीडीएसका अनुसार आज (कात्तिक २८ गते) दिउँसो ४ बजेसम्ममा ९ लाख १९ हजार १०४ जनाले १ करोड ९ लाख ६३ हजार १० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २.१२ गुणा बढी आवेदन हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।कम्पनीको आइपीओमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ भने सोहि अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेकको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ

प्रतिक्रिया