गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ देखि आईपीओ जारी गर्ने

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आफ्नो ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये, १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।

त्यस्तै, ३ प्रतिशत (६७ हजार ५०० कित्ता) कर्मचारीहरूका लागि र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) म्युचुअल फण्डका लागि छुट्याइएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता शेयर (२ करोड २५ लाख रुपैयाँबराबर) निष्काशन गरिसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ। आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।


आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया