हिम स्टार उर्जा कम्पनीलाई ११ करोडको आईपीओ निष्कासन गर्न अनुमती

काठमाडौं। हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज अनुमति प्रदान गरेसँगै कम्पनीले अब ११ लाख १९ हजार कित्ता शेयर जारी गर्ने तयारी गरेको हो, जसको कुल मूल्य ११ करोड १९ लाख रुपैयाँ बराबर हुन्छ। यो कम्पनीको जारी पुँजीको ३० प्रतिशत हिस्सा हो।

आईपीओ निष्काशनका लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। हाल कम्पनीले ओखलढुंगामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

हिम स्टार उर्जा कम्पनीका प्रमुख प्रवर्धकहरूमा दिपक तिवारी, शोभा उप्रेती, ध्रुबलाल पाण्डे, नारायण प्रसाद उप्रेती, जगदीश पौडेल, किशोर दत्त बराल, भिजन लुम्बिनी लिमिटेड र दुतराज लामा लगायत रहेका छन्।

प्रतिक्रिया