बेमौसमी अविरल बर्षाको कारण पाँचथर बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

पाँचथरको मिक्लाजोङ गाउ पालिकामा मात्रै बाढी पहिरो र खोलाले बगाँउदा २१ जनाको ज्यान गएको छ । यो सँगै जिल्लाभर बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

मंगलवार रातीदेखि वुधवार विहानसम्म यत्तिको संख्यामा मानवीय क्षती भएको हो । पहिरोमा परेर ३ जना बेपत्ता भएको गाँउ पालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।अध्यक्ष माखिमका अनुसार मिक्लाजुङ कुरुम्वामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन ।

खोलाले बगाँउदा यस्तै वडा नम्वर १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नम्वर ४ रबिमा  खोलाले नै बगाँउदा १ जना बेपत्ता भएका छन । यसैगरी वडा नम्वर ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ ।

गएराती नै पहिरोमा पर्दा  फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाँउपालीकामा–३ जना र कुम्माय गाँउ पालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने पाँचथरका प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।


वाढी पहिरोका कारण टेलिफोन र मोवाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन नसकेको हो ।
बाढी पहिरोले दर्जनौ घरमा वस्दै आएका परिवार विस्थापित भएका छन । विस्थापितहरुको विवरण संकलन हुन वाँकी छ । 


पहिरोका कारण मेची राजमार्गको इलाम फिदिम र फिदिम ताप्लेजुङ तथा पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथर खण्डका दर्जन भन्दा धेरै स्थानमा पहिरो गएको छ । शाखा सडकहरु फिदिम फालौट,जोरपोखरी फिदिम र राँके रवि सडक खण्ड पनि पहिरोले अवरुद्ध भएका छन ।

पहिरो पन्छाउन ठाँउ ठाँउमा जेसिभि खटाइएपनि खुलाउन समय लाग्ने बताइएको छ । वर्षादसँगै  विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छन । 

प्रतिक्रिया