काठमाडौं – इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवायुवतीलाई समारोह स्थलबाट हटाइएको छ।
प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने समारोहमा सम्भावित विरोधलाई ध्यानमा राख्दै उनीहरूलाई समारोह स्थलबाट हटाएको हो।
काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा आयोजना गर्ने विशेष समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने गर्दछ। अघिल्लो वर्षको कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थिति हुँदा युवायुवतीहरूले बालेनको समर्थनमा जयजयकार गरेका थिए।
यसपटक भने बालेन शाहको उपस्थिति निश्चित छैन। उनी भारत भ्रमणमा रहेका कारण समारोहमा उनको सहभागिता अनिश्चित बनेको हो।