काठमाण्डौ - सरकार पक्ष होस या विपक्ष सबै विद्यार्थीहरुले मूल्य बृद्धिको खुलेर विरोध गर्ने गरेका छन ।
भर्खर मात्र आयल निगमले गरेको मूल्य बृद्धिको विरुद्धमा अखिल क्रान्तिकारी विद्यार्थी संगठन पाटन सयुंक्त क्याम्पस र नेविसंघ पाटन सयुंक्त क्याम्पसको सयुंक्त आयोजनामा मंगलबार सरकारले गरेको पेट्रोलियम पदार्थ र ग्यासमा गरेको मुल्यवृद्धि विरूद्ध प्रदर्शन गरेको विद्यार्थी नेता रुपक न्यौपानेले आर्थिक सन्देशलाई बताउनु भयो ।
बिरोध प्रदर्शनमा केन्द्रिय नेता सन्जिब फुयाल बन्दुकको उपस्थिति रहेक थियो । सरकारले गरेको मुल्यवृद्धि विरुद्ध आन्दोलन गरेको अनेरास्ववियु क्रान्तिकारी संग नेबि संघको पनि समर्थन गरेको विद्यार्थी नेता अशोक दुलालले पिटि अनलाइनलाई जानकारी दिनु भयो ।