काठमाण्डौ महानगरपालिकामा ३८ हजार मात्र मतगणना हुन बाँकी,बालेन शाह जित नजिक

काठमाण्डौ । एक स्वतन्त्र उम्मेदवारका कारण स्थानिक चुनावमा सबैभन्दा धेरै चर्चामा रहेको काठमाण्डौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । 

दिँउसो ११.३० बजेको मतपरिणाम अनुसार ३८ हजार ७ सय ५१ मत मात्र गणना हुन बाँकी रहेको छ । १ लाख ५२ हजार ३ सय मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५०४९२ मत पाएका छन भने उनलाई पछ्याइरहेकी नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले ३१५३९ मत ल्याएकी छन । त्यस्तै तेस्रो स्थानमा रहेका केशव स्थापितले ३०८९१ मल ल्याएका छन । 

उनीहरु बिचको मतान्तर १९ बजारमाथि रहेको छ । आज राती सम्ममा सम्पुर्ण मतगणना गरि नतिजा सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग रहेको छ ।  

 

प्रतिक्रिया