रमेश सेन्चुरी /काठमाडौं - बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार काठमाडौंको पाँचमाने भ्याली भ्यु रिसोर्टमा सम्पन्न भएको छ। २०७७ सालमा स्थापना भएको यस समाजले बागलुङ गैरागाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य राख्दै आएको छ। कार्यक्रम संस्थापक रामकृष्ण विश्वकर्माको प्रमुख आतिथ्य र निवर्तमान अध्यक्ष नारायण विश्वकर्माको अध्यक्षतामा सम्पन्न भयो।
उक्त अवसरमा निवर्तमान उपाध्यक्ष सरोज विश्वकर्माले सबैलाई स्वागत गरे भने निवर्तमान कोषाध्यक्ष तिलक विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। महासचिव राम विश्वकर्माले कार्यक्रम सञ्चालन गरेका थिए।
नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर रामदामले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएकामा आभार व्यक्त गर्दै समाजका उद्देश्यअनुरूप बागलुङ गैरागाउँमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाए। साथै, काठमाडौंमा बसोबास गर्ने समाजका सदस्यहरूलाई आपत्कालीन समयमा सहयोग पुर्याउने योजना रहेको जानकारी दिए। उनले कार्यकालका लागि भविष्यका योजना चाँडै प्रस्तुत गरिने बताए।
कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यसमितिमा अध्यक्षमा सूर्यबहादुर रामदाम, वरिष्ठ उपाध्यक्षमा होममान विश्वकर्मा, उपाध्यक्षमा सरोज विश्वकर्मा, महासचिवमा राम विश्वकर्मा, सचिवमा भुपेन विश्वकर्मा, कोषाध्यक्षमा तिलक विश्वकर्मा र सहकोषाध्यक्षमा लालबहादुर विश्वकर्मा रहेका छन्।
सदस्यहरूमा भूमिराम विश्वकर्मा, बाबुराम विश्वकर्मा, रमेश विश्वकर्मा, विपिन विश्वकर्मा, विरेन्द्र विश्वकर्मा (विक्की) तथा महिला सदस्यहरूमा चन्द्र विश्वकर्मा र सरस्वती विश्वकर्मा निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिले हातेमालो गर्दै समाजका लक्ष्यहरू पूरा गर्ने प्रतिबद्धता जनाएकाछन्।