नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब नजिक

काठमाडौं - साताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३८.१४ अंकले बढेर २०६० को विन्दुमा पुगेको छ ।

 कारोबार भएको ३०५ कम्पनीको २ करोड १४ करोड ९७ लाख ६१९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजारको कारोबार भएको छ । बजारमा आएको उछालसँगै १२ वटा उपसूचकमा हरियाली छाएको छ ।

९ कम्पनीको शेयर मूल्य सर्किट लागेर कारोबार हुँदा हिमाल दोलखा जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया