अर्थमन्त्री शर्माको दबाबमा कृषि विकास बैंकका अध्यक्षद्वारा राजिनामा


काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माको दबाबमा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले राजीनामा दिएका छन् । पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका निरौलालाई शर्माले पद खाली गर्न आग्रह गरे पछि राजिनामा दिएका हुन् ।

मन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेकाले राजीनामा गरेको निरौलाले पुष्टी गरे । निरौला अर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा २०७६ चैत महिनामा बैंकको अध्यक्षमा नियुक्त भएका थिए । 
 

प्रतिक्रिया