२ दिनपछि खुल्यो मुग्लिनको सडक

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको थियो । 

शुक्रबार (असोज ३) साँझ ६ बजेदेखि सडक दुवैतर्फ अवरुद्ध थियो । पहिरो पन्छाएर आइतबार (असोज ५) दिउँसो ४:१५ देखि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय