विष्णु खत्रीको दशैँ गीतले परदेशीका पीडा बोलेपछि रसाए सबैका आँखा  - भिडियो सहित

काठमाण्डौ । सुनको जलप बोलको दशैँ गीत जसले हरेक नेपालीको मन भित्र गहिरो छाप छोडेको थियो । त्यसपछिका केही बर्ष यस्तो भयो विष्णु खत्रीको दशैँ गीत सार्वजनिक नभए सम्म दशैँ आएको भान नै हुँदैनथ्यो । 

उनै खत्रीले २०७९ सालको लागि नयाँ दशैँ गीत पूर्णिमा रातको बोलको गीत सार्वजनिक गरेका छन । गीतले विगतमा जस्तै परदेशीहरु चाडपर्वमा नेपाल आउन नपाएको कथालाई उठाएको छ । गीतमा विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको छ भने आवाज भने खत्री र पूर्णकला बिसीको रहेको छ । 

गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । गीतमा प्रथम क्षेत्रीको निर्देशन रहेको छ भने तुलवीर थापा र दिया जिसीको अभिनय रहेका छ । 

 

प्रतिक्रिया