आफ्नो पहिलो तीज गीतले १० लाख दर्शक बनाएसँगै प्रेमको गोप्पे कुरा सार्वजनिक ( भिडियो सहित )

काठमाडाैं - यसो त यो वर्ष तीज अलि पछि धकेलिएको छ तर कलाकारहरुलाई तीज भने असारदेखि लागिसकेको छ । यो वर्ष पनि तीजमा तीन सय भन्दा धेरै गीत सार्वजनिक हुने अनुमान छ । 

करिब करिब एक सय हाराहारी तीज गीत सार्वजनिक भै सकेका छन् भने कतिपयको धमाधम अन्तिम काम भइरहेको छ । यो वर्ष विगतमा जस्तो तीज गीत भन्नै नसकिने हेर्नै लाज लाग्ने गीतहरू अलि कम सार्वजनिक भएका छन् जुन कुरा गीत संगीतको लागि निकै राम्रो हो । 

केही समय पहिला गायक तथा सर्जक प्रेम सापकोटा सोनुले सार्वजनिक गरेको मौलिक तीज गीत छैन मलाई सूख बोलको गीतले १० लाख दर्शक बाएको छ । छोटो समयमै चौतर्फी प्रसंसा बटुल्दै गीतले यो सफलता पाएको हो । 

आफ्नो पहिलो तीज गीतले राम्रो सफलता पाइरहेका बेला प्रेम सापकोटाको यो वर्षकै लागि अर्को तीज गीत गाेप्पे कुरा सार्वजनिक भएको छ । गीत सबैलाई नचाउने खालको छ । 

गीतलाई प्रेम आफैले बनाएका हुन भने आवाजमा उनलाई शान्ता जिसीले आवाज दिएकी छन् । 

शेखर घर्तीको निर्देशन रहेको गीतमा विजय पुन र स्मारिका ढकालले अभिनय गरेका छ

 

प्रतिक्रिया