जापानबाट शान्ता र प्रेमले ल्याए तीज गीत ‘पिर कस्लाई छैन र ?’

काठमाडौं । नेपाली महिलाहरूको प्रमुख पर्व तीज नजिकिँदै गर्दा नयाँ–नयाँ तीज गीत सार्वजनिक भइरहेका छन्। यसै क्रममा गायिका शान्ता जिसी र गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’को आवाजमा नयाँ तीज गीत ‘पिर कस्लाई छैन र ?’ सार्वजनिक भएको छ।

गीतले मानिसको जीवनमा हुने सुख–दुःख, पीडा र संघर्षलाई तीजको सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। ‘पिर कस्लाई छैन र ?’ बोलको गीतमा हरेक मानिसको जीवनमा कुनै न कुनै प्रकारको पीडा र समस्या हुने यथार्थलाई विषय बनाइएको छ।

गीतमा प्रेम सापकोटा ‘सोनु’ र शान्ता जिसीको स्वर रहेको छ। गीतको शब्द तथा लय सिर्जना पनि प्रेम सापकोटा ‘सोनु’कै रहेको छ। नेपाली लोक तथा तीज गीतमार्फत सामाजिक र जीवनसँग जोडिएका विषयलाई प्रस्तुत गर्दै आएका सापकोटाले यस गीतमा पनि समसामयिक भावनालाई समेटेका छन्।

गीतको संगीत संयोजन याम थापा मगरले गरेका छन्। जेरी भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा रचना न्यौपाने र सरोज प्रजाको अभिनय देख्न सकिन्छ। 

शान्ता जिसी र प्रेम सापकोटा ‘सोनु’ दुवै हाल जापानमा रहेर नेपाली गीत–संगीतमा सक्रिय छन्। प्रवासमा रहे पनि नेपाली कला, संस्कृति र मौलिक गीत–संगीतलाई निरन्तरता दिँदै आएका उनीहरूले तीजको अवसर पारेर नयाँ सिर्जना दर्शकमाझ ल्याएका हुन्।

‘पिर कस्लाई छैन र ?’ शान्ता जिसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतले तीजको सांगीतिक माहोलसँगै मानिसको जीवनमा लुकेका पीर, पीडा र संघर्षलाई समेत दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय