देशभर ९ हजार कैदी अझै फरार, सुरक्षामा चुनौती

गत साता जेन जेड आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये करिब ९ हजार अझै फरार रहेका छन्। भदौ २४ गते नक्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित करिब ५८ सय जना भने फेरि कारागारमा फर्किएका छन्।

फरारमध्ये कतिपय जघन्य अपराधमा संलग्न रहेका कैदीबन्दी पनि छन्। यस कारण दशैं–तिहारजस्ता चाडपर्वमा चोरी र लुटपाटका घटना बढ्न सक्ने आशंका प्रहरीले व्यक्त गरेको छ।

यसैबीच कारागार व्यवस्थापन विभागले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहहरूबाट बाहिर निस्किएका बन्दी र बालबिज्ञापकहरूलाई अविलम्ब आफू बसेको कारागार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रहरीले पनि फरार कैदीबन्दी पक्राउ गर्न विशेष टोली गठन गरी अभियान सञ्चालन गरिरहेको जनाएको छ। तर अझै करिब ९ हजार कैदीबन्दी फरार रहनु सुरक्षाको दृष्टिले गम्भीर चुनौती भएको सुरक्षा विज्ञहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय